दफा १९
कार्यकारी निर्देशकको काम, कर्तव्य र अधिकार
(१) कार्यकारी निर्देशकको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ ः–
(क) समितिको निर्णयहरु कार्यान्वयन गर्ने, गराउने ।
(ख) कोषको दीर्घकालीन तथा अल्पकालीन योजना, वार्षिक कार्यक्रम तथा बजेट तयार गरी स्वीकृतिको लागि समिति समक्ष पेश गर्ने ।
(ग) समितिबाट स्वीकृत योजना तथा कार्यक्रमहरु कार्यान्वयन गर्ने, गराउने ।
(घ) कोषको दैनिक कार्यको सुपरिवेक्षण तथा निरीक्षण गरी कोषको उद्देश्य अनुसार आवश्यक कार्यहरू गर्ने ।
(ङ) कोषको लगानीमा कार्यान्वयन गरिएका योजना तथा कार्यक्रमहरुको निरीक्षण गरी त्यसको प्रगति विवरण समिति समक्ष पेश गर्ने ।
(च) कोषले सञ्चालन गरेका कार्यक्रमको वार्षिक तथा आवधिक प्रतिवेदन तयार गरी समिति समक्ष पेश गर्ने ।
(२) उपदफा (१) मा लेखिएदेखि बाहेक कार्यकारी निर्र्देशकको अन्य काम, कर्तव्य र अधिकार तोकिए बमोजिम हुनेछ ।